अलैची, जसलाई Black Cardamom पनि भनिन्छ, नेपाल, भारत, भूटान लगायत हिमालयी क्षेत्रमा पाइने एक महत्त्वपूर्ण मसला र औषधीय गुण भएको वनस्पति हो। यसको वैज्ञानिक नाम अमोमम सबुलाटम (Amomum subulatum) हो र यो जिन्जिबरासी (Zingiberaceae) परिवारमा पर्छ। नेपाली संस्कृति र आयुर्वेदमा अलैचीलाई धेरै पुरानो समयदेखि औषधी र मसलाको रूपमा प्रयोग गरिँदै आएको छ।
यसको खेती मुख्यतया नेपालको पूर्वी पहाडी क्षेत्र, सिक्किम, दार्जिलिङ, असम, र भारतको अन्य हिमालयी राज्यहरूमा गरिन्छ। अलैचीको बोक्रा गाढा खैरो रङ्गको हुन्छ भने यसभित्रका बीजहरू मसलादार र सुगन्धित हुन्छन्। यसले न केवल खानालाई स्वादिष्ट बनाउँछ, यसमा पाइने एन्टी-इन्फ्लामेटरी, एन्टी-ब्याक्टेरियल, र एन्टी-अक्सिडेन्ट गुणहरूले यसलाई विभिन्न रोगहरूको उपचारमा प्रभावकारी बनाउँछ।
आयुर्वेद अनुसार, अलैची कफ र वात दोष शान्त गर्ने गुण भएको छ। यसले पाचन प्रणालीलाई मजबूत बनाउँछ, मुखको रोगहरू निको पार्छ, र शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ। यसैले नेपाली घरघरमा अलैचीलाई मात्र मसलाको रूपमा होइन, औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
अलैची (ALAICHI) को फल, सुगन्ध र कालो रंगको बीउले भरियको हुन्छ। नेपाली र भारतीय खानामा यो मसला र मिठाई दुबैमा प्रयोग गरिन्छ। यसको बीउ मसलाको रूपमा प्रयोग हुन्छ। धेरैले यसलाई मात्र मसलाको रूपमा चिन्छन् तर यसको आयुर्वेदिक औषधीय प्रयोग पनि हुन्छ। यसलाई ठुलो इलायची (Black Cardamom) पनि भनिन्छ।
अलैचीका फाइदाहरू
आयुर्वेद अनुसार, अलैचीले पित्त शान्त गर्छ, निद्रा ल्याउँछ, भोक बढाउँछ र खानामा रुचि जगाउँछ। यसले मुटु र कलेजो लाई स्वस्थ राख्छ। यसले अपच हटाउँछ, मुखको दुर्गन्ध मेटाउँछ, पेटको ग्यास कम गर्छ, उल्टी रोक्छ, घाउ भर्छ, पिशाब खोल्छ र ज्वरो कम गर्छ।
अलैची के हो?
अलैचीको वैज्ञानिक नाम Amomum subulatum हो। यो Zingiberaceae परिवारमा पर्छ। यसको स्वाद पिरो र तासीर उष्ण (गरम) हुन्छ। यसको प्रमुख प्रजाति बाहेक अर्को प्रजाति Amomum aromaticum (एलाकर्पूर) पनि औषधीमा प्रयोग हुन्छ।
विभिन्न भाषामा अलैचीको नाम
- अङ्ग्रेजी (English):Nepali cardamom, Black cardamom, Nepal cardamom
- हिन्दी (Hindi): बड़ी इलायची, लाल इलायची
- संस्कृत (Sanskrit): स्थूलैला, त्रिपुटा, भद्रैला
- नेपाली (Nepali): अलैची
- उर्दू (Urdu): इलायची कलान
- बंगाली (Bengali): बड़ो एलाची
- अरबी (Arabic): हेलजाकर
- फारसी (Persian): हेलकलान