जइता Jayanti (Sesbania) Benefits: Uses for Hair, Skin, Digestion & More (100% Natural Remedies

जइताJayanti (Sesbania) Benefits: Uses for Hair, Skin, Digestion & More (100% Natural Remedies

के तपाईंले जइता (सेस्बेनिया सेस्बान) वनस्पतिको बारेमा सुन्नुभएको छ? यो एक असाधारण औषधीय वनस्पति हो जसले धेरै रोगहरूबाट छुटकारा दिलाउन सक्छ। यदि तपाईंले यसलाई चिन्न सक्नुहुन्छ र यसको प्रयोग गर्ने तरिका जान्नुहुन्छ भने, एक पैसा पनि खर्च नगरीकन स्वस्थ रहन सकिन्छ।

जइता के हो? (What is Jayanti?)

जइता  लाई नेपालीमा जाईता , जइता, जयन्ता, बालमोठा,  पनि भनिन्छ भने हिन्दि , संस्कृतमा जयन्ती भनिन्छ । जइता दलहन प्रजातिको बहुउपयोगी बोट हो जसले हामीलाई खाद्यपदार्थ, औषधी र इन्धन तीनै प्रदान गर्छ। यसको बीज विषालु हुन्छ, तर ३ दिनसम्म पानीमा भिजाएपछि यसको बिषालु प्रभाव हट्छ र यो खान योग्य बन्छ। अफ्रिकामा यसलाई खाद्यको रूपमा प्रयोग गरिन्छ।

यो १.८ देखि ६ मिटरसम्म अग्लो, छिटो बढ्ने र अल्पायु वनस्पति हो। यसको काण्ड कोमल, १५ सेन्टिमिटर मोटो, काँडारहित र हरियो रंगको हुन्छ। यसका पातहरू ७.५ देखि १५ सेन्टिमिटर लामा, ८ देखि २० जोडीमा सघन र हरिया हुन्छन्। यसका फूलहरू साना, पहेँला वा सुन्तला रंगका हुन्छन् र माथि रातो वा बैजनी धब्बा हुन्छ। यसको फल अक्टोबरदेखि डिसेम्बरसम्म फल्छ।

विभिन्न भाषामा जइताका नामहरू

  • संस्कृत: जयन्ती, जया
  • हिन्दी: जयन्ती
  • नेपाली: जाईता , जइता, जयन्ता, बालमोठा,  
  • उर्दू: जैत
  • बङ्गाली: जयन्ती
  • अङ्ग्रेजी: Egyptian rattle pod

जइताको स्वास्थ्य लाभहरू

१. गला स्वर सम्बन्धी समस्यामा

जइताको प्रयोगले गलाको आवाज सफा बनाउँछ र स्वर तन्त्रलाई स्वस्थ राख्छ।

२. स्तनपान गराउने आमाको दुध बढाउन

यसले स्तनपान गराउने आमाहरूको दुधको मात्रा बढाउन मद्दत गर्छ।

३. विष नाशक

जइताले विषको प्रभावलाई नष्ट गर्छ।

४. पिशाब सम्बन्धी समस्यामा

पिशाब गर्दा दर्द वा जलन भएमा जइताको सेवनले आराम दिन्छ।

५. गलगण्ड (ग्वाइटर) सूजनमा

गलामा सूजन वा गाँठ भएमा यसले ठूलो राहत दिन्छ।

६. झाडापखाला अपचमा

यसले पेटको अपचर झाडापखाला जस्ता समस्याहरू नियन्त्रण गर्छ।

७. औषधीय प्रयोग

  • पातको रस: कुष्ठ र छालाका रोगमा प्रयोग गरिन्छ।
  • फूल: कफ र पित्त शान्त गर्छ।
  • जरा: त्वचा रोगमा उपयोगी।

जइता (सेस्बेनिया सेस्बान) एक बहुउपयोगी रोगनाशक वनस्पति हो जसले धेरै स्वास्थ्य समस्याहरू समाधान गर्छ। यसको सही प्रयोगले बिना कुनै खर्च स्वस्थ रहन सकिन्छ। तसर्थ, यसलाई चिन्नुहोस् र यसको औषधीय गुणको फाइदा उठाउनुहोस्।

जइताका फाइदाहरू र प्रयोग

तेजपत्ता Amazing Health Benefits of Bay Leaves (Tejpatta) & How to Use Them
जैतून Proven Health Benefits of Olive Oil (Jaitun) Uses & Side Effects

Leave a Reply

Your email address will not be published. Required fields are marked *

My Cart
Wishlist
Recently Viewed
Categories