भिटामिन सी को स्रोत: अमला जुसमा भिटामिन सी प्रचुर मात्रामा पाईन्छ जसले प्रतिरक्षा प्रणालीलाई बढाउछ र छालाको स्वास्थ्यलाई सहयोग गर्दछ, र घाउ चाडै निको पर्न पनि सहयोग गर्दछ।
एन्टिअक्सिडेन्ट गुणहरू: यो एन्टिअक्सिडेन्ट गुणहरुले भरिएको हुन्छ जसले सेलहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउन र दीर्घकालीन रोगहरूको जोखिम बाट बचाउन मद्दत गर्दछ।
कपालको स्वास्थ्य: अमला जुसले कपालको फोलिकल्सलाई बलियो बनाउन, कपाल झर्न कम गर्न र कपालको वृद्धिलाई बढाउन महत्वपूर्ण भूमिका खेल्दछ त्यसैले प्राय सबै हेयर केयर प्रोडक्टहरुमा अमला मिसाईएको हुन्छ।
छालाको स्वास्थ्य: अमला जुसमा पाइने एन्टिअक्सिडेन्टले छालाको रंग सुनौलो बनाउछ, डण्डिफोर कम गर्न र चाउरी र साना लाइनहरू घटाएर बुढो हुने प्रक्रियालाई ढिलो गर्दछ र जवान देखाउछ ।
पाचन स्वास्थ्य: अमलाले आन्द्राको गतिबिधिलाई बढायर कब्जियत कम गर्न र समग्र आन्द्राको स्वास्थ्यलाई सहयोग गरेर पाचनमा मद्दत गर्दछ।
लिभर डिटोक्सिफिकेशन: अमलाले कलेजोलाई डिटोक्सिफिकेसन गर्न र यसको कार्य सुधार गर्न मद्दत गर्दछ, जसले राम्रो मेटाबोलिजम प्रक्रियाहरूलाई बढाउछ।
मधुमेह व्यवस्थापन: अमला जुसले ब्लड सुगरको स्तरलाई कन्ट्रोल गर्न र मधुमेह-सम्बन्धित जटिलताहरूको जोखिम कम गर्न मद्दत गर्दछ।
हृदय स्वास्थ्य: अमलाको नियमित सेवनले कोलेस्ट्रोलको स्तर र रक्तचाप कम गर्न मद्दत गर्दछ र हृदय रोगको जोखिम कम गर्दछ।
तौल व्यवस्थापन: यसले मेटाबोलिजम बढाएर, फिलिङ अफ फुलनेस बढाएर र समग्र क्यालोरी खपत घटाएर वजन घटाउन मद्दत गर्न सक्छ।
आँखाको स्वास्थ्य: अमलामा उच्च भिटामिन सी पाइने कारणले आँखाको स्वास्थ्यको लागि लाभदायक मानिन्छ जसले मोतिबिंदुको जोखिम कम गर्न र दृष्टि सुधार गर्न धेरै मद्दत गर्दछ ।
श्वसन स्वास्थ्य: यसले श्वासनलीमा इन्फ्लामेसन कम गरेर दम र ब्रोंकाइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी समस्याहरुलाई कम गर्न मद्दत गर्न सक्छ।
जोर्निको स्वास्थ्य: अमलाको एन्टी-इन्फ्लेमेटरी गुणहरूले जोर्नी दुखाइ र अर्थराइटिस बाट छुटकारा प्रदान गर्दछ।
महिनावारी स्वास्थ्य: महिलाहरूको महिनावारीको दुखाइ कम गर्न र मासिक धर्म चक्रलाई नियमित गर्न अमला जुसले सहयोग गर्दछ ।
कग्नेटिभ फङ्गसन: अमलाले कग्नेटिभ फङ्गसन, मेमोरी, र एकाग्रता बढाएर मस्तिष्क स्वास्थ्यलाई सहयोग गर्दछ।
एन्टी-क्यान्सर गुणहरू: अमलामा एन्टिअक्सिडेन्टहरूले क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्न र निश्चित प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ।

amala juice price in nepal








