गर्भबती भए नभएको जाँच्ने तरिका (Ways to Check Pregnancy)

गर्भबती भए नभएको जाँच्ने तरिका (Ways to Check Pregnancy)

परिचय (Introduction of Pregnancy Test)

गर्भावस्था एक महिलाको जीवनको अत्यन्तै संवेदनशील र खुसीको चरण हो। जब महिलाको डिम्बाशयबाट निस्किएको अन्डा (Ova) पुरुषको
शुक्रकीट (Sperm) सँग मिलन हुन्छ, तब गर्भधारण प्रक्रिया सुरु हुन्छ। गर्भधारण भएपछि महिलाको शरीरमा ह्युमन कोरियोनिक
गोनाडोट्रोपिन (hCG) नामक हर्मोन उत्सर्जन हुन थाल्छ। यही हर्मोनको उपस्थिति पिसाब वा रगतमा जाँच गरेर महिला गर्भवती
भए/नभएको पत्ता लगाइन्छ।

लक्षण (Symptoms of Pregnancy)

गर्भ जाँच गर्नुअघि शरीरमा देखिने केही प्रारम्भिक संकेतहरू यस प्रकार छन्:

महिनावारी रोकिनु (Missed Period): यो सबैभन्दा प्रमुख लक्षण हो।

वाकवाकी लाग्नु (Morning Sickness): बिहानपख वा दिनभरि वाकवाकी लाग्ने वा बान्ता हुने।

स्तनमा परिवर्तन: स्तन कोमल हुने, सुन्निने (इन्फ्ल्यामेस) वा भारी महसुस हुने।

थकान: विना काम धेरै थकाइ लाग्नु।

पिशाब सम्बन्धी परिवर्तन: पटक-पटक पिशाब लाग्नु।

पचाउन गाह्रो हुनु: पेट फुल्ने वा अपच हुने समस्या देखिनु।

कारण (Causes of Pregnancy)

गर्भावस्थाको मुख्य कारण असुरक्षित यौन सम्पर्क हो। जब शुक्रकीटले अन्डालाई निषेचित गर्छ र उक्त निषेचित डिम्ब पाठेघरको
भित्तामा टाँसिन्छ (Implantation), तब गर्भ बस्छ। कहिलेकाहीँ गर्भनिरोधक साधनहरूको असफलताले पनि गर्भ रहन सक्छ।

घरेलु उपचार र जाँच्ने विधि (Home Remedies to Check Pregnancy)

यदि तपाईं तत्काल अस्पताल जान सक्नुहुन्न वा बजारको ‘प्रेसिङ्क किट’ उपलब्ध छैन भने, पुराना मान्यता अनुसार केही घरेलु
सामग्रीबाट पनि परीक्षण गर्ने गरिन्छ।

नोट: घरेलु परीक्षणहरू १००% वैज्ञानिक रूपमा प्रमाणित हुँदैनन्, त्यसैले आधिकारिक पुष्टिका लागि चिकित्सक वा किटको प्रयोग
अनिवार्य छ।

चिनीबाट जाँच (Sugar Test):

एउटा सफा भाँडोमा एक चम्चा चिनी राख्नुहोस् र त्यसमा बिहानको पहिलो पिशाब मिसाउनुहोस्। यदि चिनी नभुलिकन डल्ला पर्न थाल्यो
भने त्यसलाई सकारात्मक (Positive) मानिन्छ, किनकि hCG हर्मोनले चिनीलाई घुल्न दिँदैन। यदि चिनी तुरुन्तै घुल्यो भने नतिजा
नकारात्मक (Negative) हुन सक्छ।

बेकिङ सोडा (Baking Soda Test):

दुई चम्चा बेकिङ सोडामा पिशाबका केही थोपा मिसाउनुहोस्। यदि सोडाबाट फिँज निस्कियो वा ‘बुदबुद’ आवाज आयो भने यसले गर्भ
रहेको संकेत गर्छ।

डेटोल परीक्षण (Dettol Test):

बराबर मात्रामा पिशाब र डेटोल मिसाउनुहोस्। यदि पिशाब र डेटोल छुट्टिएर पिशाब माथि तैरिन थाल्यो भने त्यो सकारात्मक संकेत
हो। यदि दुवै मिलेर दूध जस्तो सेतो घोल बन्यो भने त्यो नकारात्मक संकेत हो।

भिनेगर (Vinegar Test):

सेतो भिनेगरमा पिशाब मिसाउँदा यदि त्यसको रङ्ग परिवर्तन भयो भने तपाईं गर्भवती भएको हुन सक्ने सम्भावना रहन्छ।

ब्लिच पाउडर (Bleach Test):

एउटा भाँडोमा ब्लिच पाउडर राखेर त्यसमा पिशाब मिसाउँदा धेरै फिँज वा बुलबुले आएमा त्यसलाई गर्भ रहेको मानिन्छ।

थप अन्य उपाय (Extra Solution for Pregnancy Confirmation)

प्रेग्नेन्सी टेस्ट किट (Urine PT Kit): यो सबैभन्दा सजिलो र भरपर्दो उपाय हो। औषधि पसलमा पाइने किटमा बिहानको पहिलो
पिशाबका २-३ थोपा राखेर ५ मिनेट पर्खनुपर्छ। दुईवटा रातो धर्का देखिनुको अर्थ गर्भ रहेको छ भन्ने हुन्छ।

रगत परीक्षण (Blood Test): प्रयोगशालामा गएर रगत जाँच गर्दा पिशाबमा भन्दा छिटो र सटिक नतिजा निस्कन्छ।

भिडियो एक्सरे (USG): गर्भ रहेको ६-७ हप्तापछि भिडियो एक्सरे गरेर बच्चाको धड्कन र अवस्था हेर्न सकिन्छ।

खानपान तरिका (Dietary Guidelines for Pregnancy)

यदि गर्भ पुष्टि भएको छ भने खानपानमा विशेष ध्यान दिनुपर्छ:

फोलिक एसिड: सागपात र दालहरू प्रशस्त खाने

प्रोटिन: अण्डा, दूध, र गेडागुडीको सेवन बढाउने।

पानी: शरीरलाई हाइड्रेटेड राख्न दैनिक ३-४ लिटर पानी पिउने।

फलफूल: मौसमी फलफूल र सुन्तला जातका फल (भिटामिन सी) खाने।

गर्न नहुने कार्यहरु (Things to Avoid in Pregnancy)

गह्रौँ भारी सामान नउचाल्ने।

धूम्रपान र मद्यपान पूर्ण रूपमा त्याग गर्ने।

काँचो मेवा वा भुइँकटहर धेरै नखाने (यसले गर्भपतनको जोखिम बढाउन सक्छ)।

जथाभाबी औषधि (Painkillers) सेवन नगर्ने।

तनाव र धेरै चिन्ता नलिनुहोस्।

सावधानी (Precautions in Pregnancy)

जाँच गर्दा जहिले पनि बिहानको पहिलो पिशाब प्रयोग गर्नुहोस्, किनकि यसमा hCG हर्मोनको मात्रा बढी हुन्छ।

महिनावारी रोकिएको कम्तीमा ५-७ दिनपछि मात्र जाँच गर्दा नतिजा सही आउँछ।

घरेलु विधिमा प्रयोग हुने भाँडाहरू पूर्ण रूपमा सफा र सुक्खा हुनुपर्छ।

यदि तल्लो पेट धेरै दुख्ने वा रगत बग्ने (Vaginal Bleeding) समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

निष्कर्ष (Conclusion)

गर्भावस्थाको पहिचानका लागि घरेलु उपायहरू रोचक र पहुँचयोग्य भए तापनि यी सधैँ सही नहुन सक्छन्। पिशाबको अम्लीयपन वा अन्य
कारणले पनि रसायनिक प्रतिक्रिया फरक पर्न सक्छ। त्यसैले, घरमा गरिने परीक्षणलाई प्रारम्भिक अनुमानको रूपमा मात्र लिनुहोस्।
पूर्ण निश्चितताका लागि र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षित राख्न अस्पताल गई स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा
बुद्धिमानी कार्य हो।

बच्चालाई बान्ता हुने समस्या (Vomiting in Children)
काखीको कालोपन हटाउने र छाला सेतो बनाउने तरिका (Underarm Whitening)

Related posts

My Cart
Wishlist
Recently Viewed
Categories