परिचय (Introduction of Cholesterol)
कोलेस्ट्रोल एक प्रकारको बोसोयुक्त पदार्थ हो, जसको उत्पादन हाम्रो कलेजो (Liver) ले गर्दाछ। यसले कोषहरूको पर्खाल निर्माण
गर्न, स्नायु प्रणालीको सुरक्षा कवच बनाउन र विभिन्न हर्मोनहरूको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो प्रोटिनसँग
मिलेर ‘लिपोप्रोटिन’ बन्छ, जसले बोसोलाई रगतमा घुलन हुनबाट रोक्छ। हाम्रो शरीरमा मुख्यतया दुई प्रकारका कोलेस्ट्रोल
हुन्छन्:
१. एचडीएल (HDL – High Density Lipoprotein): यसलाई ‘राम्रो कोलेस्ट्रोल’ भनिन्छ। यो हलुका हुन्छ र यसले रक्तनलीमा जमेको
बोसोलाई कलेजोसम्म पुर्याएर सफा गर्ने काम गर्छ।
२. एलडीएल (LDL – Low Density Lipoprotein): यसलाई ‘नराम्रो कोलेस्ट्रोल’ भनिन्छ। यो टाँसिने र बाक्लो हुन्छ। यदि यसको
मात्रा बढ्यो भने रक्तनलीको भित्तामा जमेर रगतको बहावमा अवरोध सिर्जना गर्छ।
स्वस्थ शरीरका लागि कुल कोलेस्ट्रोल २०० मि.ग्रा/डि.एल भन्दा कम हुनुपर्छ।
- परिचय (Introduction of Cholesterol)
- लक्षण (Symptoms of High Cholesterol)
- कारण (Causes of High Cholesterol)
- घरेलु उपचार (Home Remedies for Cholesterol)
- थप अन्य उपाय (Extra Solution for Cholesterol)
- खानपान तरिका (Dietary Guidelines for Cholesterol)
- गर्न नहुने कार्यहरु (Things to avoid in Cholesterol)
- साबधानी (Precautions in Cholesterol)
- निष्कर्ष (Conclusion)
लक्षण (Symptoms of High Cholesterol)
उच्च कोलेस्ट्रोलका लक्षणहरू सुरुमा सामान्य लाग्न सक्छन्, तर यिनलाई बेवास्ता गर्नु हुँदैन:
टाउको दुख्ने: रगतको आपूर्ति नसाहरूमा राम्ररी हुन नसक्दा बारम्बार टाउको दुख्ने वा रिंगटा लाग्ने हुन सक्छ।
साँस फेर्न गाह्रो हुने: थोरै हिँड्दा वा सामान्य काम गर्दा पनि छिट्टै श्वास फुल्नु उच्च कोलेस्ट्रोलको संकेत हो।
मोटोपना: विना कारण शरीरको तौल बढ्नु र पेट भारी महसुस हुनु।
छाती दुख्ने वा छटपटी हुने: रक्तनलीमा अवरोध हुँदा मुटुको धड्कन बढ्ने वा छातीमा असजिलो महसुस हुन सक्छ।
अत्यधिक पसिना आउनु: सामान्य अवस्थामा पनि धेरै गर्मी हुनु र पसिना आउनु।
खुट्टा दुख्ने: कुनै भारी काम नगरीकन पनि खुट्टाहरू लगातार दुखिरहनु।
कारण (Causes of High Cholesterol)
कोलेस्ट्रोल बढ्नुको मुख्य कारण अस्वस्थ खानपान र खराब जीवनशैली हो:
असंतुलित आहार: धेरै बोसोयुक्त खानेकुरा जस्तै रातो मासु, मख्खन, चिज, घिउ र तारेको खानेकुराको अत्यधिक सेवन।
वंशाणुगत कारण: यदि परिवारमा पहिले कसैलाई उच्च कोलेस्ट्रोलको समस्या छ भने यो अन्य सदस्यमा पनि हुन सक्छ।
मदिरा सेवन: धेरै रक्सी पिउनाले कलेजो र मुटुको मांसपेशीमा क्षति पुग्छ, जसले कोलेस्ट्रोल बढाउँछ।
तनाव (Stress): लामो समयसम्म तनावमा रहँदा शरीरमा मेटाबोलिक परिवर्तन आउँछ र कोलेस्ट्रोलको स्तर बढ्छ।
रोगहरू: मधुमेह (Diabetes) र थाइराइडको समस्या भएका व्यक्तिहरूमा कोलेस्ट्रोल बढ्ने सम्भावना उच्च हुन्छ।
घरेलु उपचार (Home Remedies for Cholesterol)
प्रकृतिको खजानामा यस्ता धेरै वस्तुहरू छन् जसले कोलेस्ट्रोल नियन्त्रणमा मद्दत गर्छन्:
१. ओखर (Walnut): ओखरमा ओमेगा-३ फ्याट्टी एसिड र फाइबर प्रशस्त हुन्छ। दैनिक ४ वटा ओखर खानाले रक्तनलीमा जमेको नराम्रो
कोलेस्ट्रोल पग्लन थाल्छ।
२. लसुन (Garlic): लसुनमा पाइने इन्जाइमले एलडीएल (नराम्रो कोलेस्ट्रोल) लाई ९ देखि १५ प्रतिशतसम्म कम गर्न सक्छ। बिहान
खाली पेटमा दुई केस्रा लसुन खानु निकै लाभदायक हुन्छ।
३. ओट्स (Oats): ओट्समा हुने ‘बिटा ग्लुकान’ नामक तत्वले आन्द्राको सफाइ गर्छ र शरीरलाई नराम्रो बोसो सोस्नबाट रोक्छ।
४. कागती र अमिला फल (Lemon & Citrus Fruits): कागतीमा पाइने भिटामिन-सी र घुलनशील फाइबरले रक्तनलीको सफाइ गर्छ र
बोसोलाई पाचन प्रणालीमार्फत शरीरबाहिर निकाल्न मद्दत गर्छ।
५. अमला (Amla): बिहान खाली पेटमा एक चम्चा अमलाको रस र एक चम्चा घिउकुमारी (Aloe Vera) को रस मिसाएर पिउनाले कोलेस्ट्रोल
नियन्त्रण हुन्छ।
६. अल्साको बीउ (Flaxseeds): अल्साको धूलोलाई एक गिलास मोहीमा मिसाएर वा तरकारीमा हालेर खाँदा बढ्दो कोलेस्ट्रोल कम हुन्छ।
७. अर्जुनको बोक्रा (Bark of Arjun): अर्जुनको रूखको बोक्रालाई पानीमा उमालेर आधा नहुन्जेल पकाउने र त्यसलाई चिया जस्तै
गरी पिउनाले मुटुको स्वास्थ्य राम्रो हुनुका साथै कोलेस्ट्रोल घट्छ।
थप अन्य उपाय (Extra Solution for Cholesterol)
कालो चणा: रातभरि भिजाएको एक मुठी कालो चणा बिहान खाली पेटमा खानुहोस्। यसमा भएको फाइबरले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ।
ओलिभ आयल (Olive Oil): खाना पकाउँदा अन्य तेलको सट्टा सीमित मात्रामा ओलिभ आयल प्रयोग गर्नाले कोलेस्ट्रोलको स्तर स्थिर
रहन्छ।
किसमिस र बदाम: राती १०-१२ वटा किसमिस र ६-७ वटा बदाम भिजाएर बिहान खाँदा फाइदा हुन्छ (मधुमेह रोगीले किसमिस नखानुहोला)।
खानपान तरिका (Dietary Guidelines for Cholesterol)
खराब कोलेस्ट्रोल घटाउन फाइबरयुक्त खानेकुरा (हरियो सागसब्जी, फलफूल) बढी खानुहोस्।
खाना पकाउन तोरीको तेल प्रयोग गर्नु राम्रो मानिन्छ किनभने यसमा स्वास्थ्यवर्धक फ्याट्टी एसिड हुन्छ
सोयाबिन र अंकुरित गेडागुडीलाई आहारमा समावेश गर्नुहोस्।
दिनभरमा प्रशस्त पानी पिउने बानी बसाल्नुहोस्।
गर्न नहुने कार्यहरु (Things to avoid in Cholesterol)
तारेको र भुटेको खानेकुरा: समोसा, पकौडा वा धेरै तेल भएका जंक फूड नखानुहोस्।
धुम्रपान र मदिरा: यसले रगतलाई गाढा बनाउँछ र मुटुको रोगको जोखिम बढाउँछ।
अत्यधिक गुलियो: धेरै चिनी वा मिठाई खाँदा पनि शरीरमा ट्राइग्लिसराइड बढ्न सक्छ।
अालस्यता: खाएपछि तुरुन्तै सुत्ने वा शारीरिक व्यायाम नगर्ने बानी त्याग्नुहोस्।
साबधानी (Precautions in Cholesterol)
यदि तपाईंको तौल तीव्र गतिमा बढिरहेको छ भने तुरुन्तै कोलेस्ट्रोल जाँच गराउनुहोस्।
घरेलु उपचार गर्दा पनि सुधार नभएमा वा छाती धेरै दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या भएमा ढिला नगरी चिकित्सकको
सल्लाह लिनुहोस्।
नियमित रूपमा लिपिड प्रोफाइल (Lipid Profile) परीक्षण गराउनुहोस्।
निष्कर्ष (Conclusion)
कोलेस्ट्रोल आफैंमा शत्रु होइन, तर यसको असन्तुलनले ज्यान लिने खतरा निम्त्याउन सक्छ। स्वस्थ जीवनशैली, सन्तुलित खानपान र
नियमित व्यायाम नै यसलाई नियन्त्रणमा राख्ने अचूक औषधि हुन्। माथि उल्लेखित घरेलु उपायहरूलाई आफ्नो दैनिक जीवनमा अपनाएर
तपाईं मुटुको रोग र स्ट्रोक जस्ता गम्भीर समस्याबाट बच्न सक्नुहुन्छ।










