परिचय (Introduction of Melasma)
अनुहारमा आउने काला वा खैरो रङ्गका दागधब्बाहरूलाई नेपालीमा पोतो भनिन्छ, जसलाई अङ्ग्रेजीमा Melasma भनिन्छ। यो एक सामान्य
छालाको समस्या हो, जसले विशेषगरी महिलाहरूलाई बढी प्रभावित गर्छ। तथ्याङ्कअनुसार लगभग ५० प्रतिशत महिलाहरू आफ्नो जीवनको
कुनै न कुनै कालखण्डमा यस समस्याबाट पीडित हुने गर्छन्। पोतो आउँदा अनुहारमा कुनै दुखाइ वा चिलाउने समस्या नभए तापनि यसले
मानिसको बाहिरी सुन्दरता र आत्मविश्वासमा कमी ल्याउन सक्छ। यो समस्या २० देखि ५० वर्ष उमेर समूहका महिलाहरूमा बढी देखिन्छ।
केही महिलाहरूमा गर्भावस्था पछि यो आफैँ हराएर जान्छ भने कसैमा यो समस्या झन् बढेर जान्छ।
पोतो मुख्यतया तीन प्रकारका हुन्छन्:
- परिचय (Introduction of Melasma)
- लक्षण (Symptoms of Melasma)
- कारण (Causes of Melasma)
- घरेलु उपचार (Home Remedies for Melasma)
- थप अन्य उपाय (Extra Solution for Melasma)
- खानपान तरिका (Dietary Guidelines for Melasma)
- गर्न नहुने कार्यहरु (Things to Avoid in Melasma)
- साबधानी (Precautions in Melasma)
- निष्कर्ष (Conclusion)
१. सेन्ट्रोफेसियल (Centrofacial): यो पोतो निधार, नाक, माथिल्लो ओठ र चिउँडोमा देखिन्छ।
२. मलार (Malar): यस प्रकारको पोतो गालाको माथिल्लो भागमा मात्र देखिन्छ।
३. मेन्डिबुलर (Mandibular): यो चिउँडोको तल्लो भाग वा बंगाराको हड्डी वरिपरि देखिन्छ।
लक्षण (Symptoms of Melasma)
पोतो चिन्नका लागि निम्नलिखित लक्षणहरू सहायक हुन सक्छन्:
अनुहारमा गाढा खैरो वा फुस्रो रङ्गका धब्बाहरू देखिनु।
यी धब्बाहरू विशेषगरी नाकको डाँडी, गाला, निधार, घाँटी र माथिल्लो ओठमा बढी देखिनु।
यी दागहरूमा कुनै प्रकारको दुखाइ, पोलाइ वा इन्फ्लेमेसन (सुन्निने समस्या) नहुनु।
घाममा जाँदा यी दागहरू झन् गाढा देखिनु।
कारण (Causes of Melasma)
पोतो आउनुका मुख्य कारणहरू यस प्रकार छन्:
१. सूर्यको प्रकाश (UV Rays): सूर्यको पराबैजनी किरणको सम्पर्कमा धेरै समय बस्नु पोतो आउने प्रमुख कारण हो। घामले छालामा
रहेको ‘मेलानिन पिग्मेन्ट’ लाई उत्तेजित बनाउँछ, जसले गर्दा अनुहारमा काला दागहरू बस्छन्।
२. हर्मोनल परिवर्तन: गर्भावस्थामा हुने हर्मोनको असन्तुलनले गर्दा धेरै महिलामा पोतो देखिन्छ। यसलाई ‘मास्क अफ
प्रेग्नेन्सी’ पनि भनिन्छ।
३. गर्भनिरोधक चक्कीहरू: लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गर्दा शरीरमा हर्मोन परिवर्तन हुन्छ, जसले पोतो निम्त्याउन
सक्छ।
४. वंशाणुगत गुण (Heredity): यदि परिवारमा कसैलाई पोतोको समस्या छ भने सन्तानमा पनि यो देखिने सम्भावना रहन्छ।
५. अन्य कारणहरू: हर्मोन रिप्लेसमेन्ट थेरापी, बढी एन्टिबायोटिकको सेवन, स्टेरोइडको प्रयोग र गुणस्तरहीन सौन्दर्य
प्रसाधनको प्रयोगले पनि यो समस्या हुन सक्छ।
घरेलु उपचार (Home Remedies for Melasma)
पोतोको उपचारका लागि घरमै उपलब्ध सामग्रीहरू प्रयोग गरेर फाइदा लिन सकिन्छ:
कागतीको प्रयोग: कागतीमा प्राकृतिक ब्लिचिङ गुण हुन्छ। कागतीको रसलाई कपासको मद्दतले प्रभावित ठाउँमा लगाउनुहोस्। २०
मिनेटसम्म छोडेर हल्का हातले मालिस गरी मनतातो पानीले धुनुहोस्। यसले छालाको रङ्ग हल्का बनाउन मद्दत गर्छ।
स्याउको भिनेगर (Apple Cider Vinegar): एक चम्चा स्याउको भिनेगरमा थोरै पानी मिसाएर दाग भएको ठाउँमा लगाउनुहोस्। १०
मिनेटपछि मनतातो पानीले धुनुहोस्। यसमा हुने एसिटिक एसिडले छालालाई चम्किलो र नरम बनाउँछ।
बेसारको लेप: एक चम्चा बेसारमा दुई चम्चा दूध मिसाएर पेस्ट बनाउनुहोस् र दागमा लगाउनुहोस्। २० मिनेटपछि धुनुहोस्। बेसारमा
हुने एन्टि-अक्सिडेन्टले दाग हटाउन मद्दत गर्छ।
घिउकुमारी (Aloe Vera): घिउकुमारीको ताजा जेल निकालेर प्रभावित ठाउँमा मालिस गर्नुहोस्। यसले मृत छाला हटाउन र छालाको
प्राकृतिक चमक फिर्ता ल्याउन मद्दत गर्छ। १५-२० मिनेटपछि ताजा पानीले धुनुहोस्।
थप अन्य उपाय (Extra Solution for Melasma)
मेवाको प्रयोग: पाकेको मेवाको लेप अनुहारमा लगाउनाले यसमा भएको इन्जाइमले पोतो बिस्तारै कम गर्छ।
चन्दनको धुलो: चन्दनको धुलोमा रोज वाटर मिसाएर लगाउँदा छाला शीतल हुन्छ र दाग कम हुन्छ।
तुलसीको पात: तुलसीको पातको रसमा थोरै कागती मिसाएर लगाउनाले पनि फाइदा पुग्छ।
खानपान तरिका (Dietary Guidelines for Melasma)
पोतो नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ:
फाइबरयुक्त आहार: हर्मोन सन्तुलनका लागि रेशायुक्त खानेकुराहरू जस्तै हरियो सागसब्जी र फलफूल खानुहोस्।
भिटामिन C र E: सुन्तला, किवी, बदाम र माछा जस्ता भिटामिनयुक्त खानेकुराले छालालाई पोषण दिन्छ र पोतो बढ्न दिँदैन।
फोलीक एसिड: शरीरमा फोलीक एसिडको कमीले पनि पोतो बढ्ने भएकाले अमिला फलफूल र साबुत अनाजको सेवन गर्नुहोस्।
प्रशस्त पानी: दिनभरिमा धेरै पानी पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र छाला सफा हुन्छ।
गर्न नहुने कार्यहरु (Things to Avoid in Melasma)
धूम्रपान र मद्यपान: सुर्तीजन्य पदार्थ र रक्सीको सेवनले छालाको स्वास्थ्य बिगार्छ।
जंक फुड: पिज्जा, बर्गर, चिसो पेय पदार्थ र बढी चिनीयुक्त खानेकुराहरू नखानुहोस्।
पिरो र नुनिलो: धेरै पिरो, मसलेदार र धेरै नुन भएका खानेकुराहरूले शरीरमा गर्मी बढाउँछ, जसले पोतोलाई असर गर्न सक्छ।
कडा घाम: चर्को घाममा सिधै ननिस्कनुहोस्।
साबधानी (Precautions in Melasma)
सनस्क्रिनको प्रयोग: घाममा निस्कनु अघि अनिवार्य रूपमा ३० एसपीएफ (SPF) भन्दा माथिको सनस्क्रिन लगाउनुहोस्।
छालाको सुरक्षा: घाममा निस्कँदा छाता, टोपी वा चश्माको प्रयोग गर्नुहोस्।
तनाव कम गर्ने: धेरै मानसिक तनावले हर्मोनमा असर गर्ने भएकाले योग र ध्यान गर्नुहोस्।
व्यायाम: नियमित व्यायाम जस्तै हिँड्ने, दौडने वा सूर्य नमस्कार गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ।
निष्कर्ष (Conclusion)
आयुर्वेदका अनुसार शरीरमा पित्त दोष असन्तुलित हुँदा पोतोको समस्या देखिन्छ। माथि उल्लेखित घरेलु उपायहरू र खानपानमा सुधार
गरेर यस समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ। तर, यदि यी उपायहरूले पनि काम गरेन वा दागहरू झन् गाढा हुँदै गए भने,
तुरुन्त छाला रोग विशेषज्ञसँग परामर्श लिनु पर्दछ। धैर्यता र सही जीवनशैली नै पोतोबाट मुक्ति पाउने उत्तम मार्ग हो।










