पाठेघरमा देखिने ओभरीयन सिस्ट (Ovarian Cyst) को लक्षण, कारण र घरेलु उपचार

पाठेघरमा देखिने ओभरीयन सिस्ट (Ovarian Cyst) को लक्षण, कारण र घरेलु उपचार

परिचय (Introduction of Ovarian Cyst)

ओभरी वा अण्डाशय महिलाहरूको प्रजनन प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो। यो तल्लो पेटमा पाठेघरको दुवै तर्फ स्थित हुन्छ।
सामान्यतया महिलाहरूमा दुईवटा ओभरी हुन्छन्। ओभरीको मुख्य काम अण्डा उत्पादन गर्नु र एस्ट्रोजेन (Estrogen) तथा
प्रोजेस्टेरोन (Progesterone) नामक हर्मोनहरू बनाउनु हो।

ओभरीयन सिस्ट भनेको ओभरीमा बन्ने सानो थैली जस्तो संरचना हो, जसमा तरल पदार्थ भरिएको हुन्छ। धेरैजसो महिलाहरूमा उनीहरूको
जीवनकालमा कुनै न कुनै समयमा सिस्ट देखिन सक्छ। धेरैजसो सिस्टहरू प्राकृतिक रूपमै हराएर जान्छन्, तर केही अवस्थामा यसले
स्वास्थ्यमा जटिलता निम्त्याउन सक्छ।

लक्षण (Symptoms of Ovarian Cyst)

सुरुवाती अवस्थामा ओभरीयन सिस्टका खासै लक्षणहरू देखिँदैनन्। तर जब सिस्टको आकार बढ्दै जान्छ, निम्न लक्षणहरू देखा पर्न
सक्छन्:

तल्लो पेटमा सुन्निने समस्या (Inflammation) वा पेट फुलेको महसुस हुनु।

दिसा त्याग्ने समयमा गाह्रो हुनु वा दुखाइ महसुस हुनु।

महिनावारी हुनुभन्दा अघि वा महिनावारीको समयमा कम्मर मुनिको भाग (Pelvic area) धेरै दुख्नु।

शारीरिक सम्पर्कको समयमा दुखाइ हुनु।

तल्लो ढाड वा तिघ्राहरू दुख्नु।

स्तनहरूमा कोमलता वा दुखाइ हुनु।

ज्वरो आउनु, रिंगटा लाग्नु वा बेहोस हुनु।

छिटो-छिटो सास फेर्नु।

वाकवाकी लाग्नु वा बान्ता होला जस्तो हुनु।

अपच (Indigestion) को समस्या देखिनु

पिशाब सम्बन्धी रोग वा छिटो-छिटो पिशाब लाग्नु।

अत्यधिक थकान र कमजोरी महसुस हुनु।

अनियमित महिनावारी हुनु।

कब्जियत हुनु।

कारण (Causes of Ovarian Cyst)

ओभरीयन सिस्ट हुनुका मुख्य कारणहरू निम्न छन्:

१. हर्मोनल असन्तुलन: शरीरमा हर्मोनको गडबडीले गर्दा फोलिकलहरू फुट्न पाउँदैनन् र सिस्ट बन्दछ।

२. महिनावारी चक्र: महिनावारीको समयमा अण्डा उत्पादन हुने प्रक्रियामा फोलिकल (Follicle) को आकार बढ्दै गएर सिस्ट बन्न
सक्छ।

३. इन्डोमेट्रियोसिस: यो अवस्थामा पाठेघरको भित्री तन्तुहरू बाहिर पलाउँछन्, जसले गर्दा ओभरीमा सिस्ट बन्न सक्छ।

४. गर्भावस्था: कहिलेकाहीँ गर्भावस्थाको सुरुवाती समयमा हर्मोनको सहयोगका लागि बनेको सिस्ट पछि सम्म रहिरहन सक्छ।

५. पेलभिक इन्फेक्सन: कम्मर मुनिको भागमा गम्भीर संक्रमण भएमा त्यो ओभरीसम्म फैलिएर सिस्ट बनाउन सक्छ।

ओभरीयन सिस्ट र गर्भावस्थाको सम्बन्ध (Relation between Ovarian Cysts and Pregnancy)

जब ओभरीमा धेरै संख्यामा साना-साना सिस्टहरू हुन्छन्, त्यसलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम (PCOS) भनिन्छ। यसले हर्मोनमा
असन्तुलन पैदा गर्छ, जसका कारण गर्भवती हुन कठिनाइ हुन सक्छ। गर्भावस्थामा सिस्ट हुनु अलि चुनौतीपूर्ण हुन सक्छ। यदि
सिस्टको आकार धेरै ठूलो भयो भने डाक्टरले शल्यक्रियाको सल्लाह दिन सक्छन्, जुन केही हदसम्म जोखिमपूर्ण हुन सक्छ। त्यसैले
सन्तानको योजना बनाउनु अघि सिस्टको जाँच र उपचार गराउनु बुद्धिमानी हुन्छ।

घरेलु उपचार (Home Remedies for Ovarian Cyst)

सिस्टको दुखाइ कम गर्न र यसलाई बिस्तारै निको पार्न निम्न घरेलु उपायहरू अपनाउन सकिन्छ:

१. एरिण्डको तेल (Castor Oil) को सेकाई: एउटा सफा कपडालाई एरिण्डको तेलमा भिजाउनुहोस् र तल्लो पेटमा राख्नुहोस्। त्यसको
माथि तातो पानीको थैलीले १५-२० मिनेट सेक्नुहोस्। यसले ओभरीको सिस्ट कम गर्न मद्दत गर्छ।

२. बिरे नुन (Rock Salt): तातो पानी भएको टबमा एक चम्चा बिरे नुन हाल्नुहोस् र त्यसमा करिब २० मिनेट बस्नुहोस्। यसले
दुखाइमा आराम दिन्छ।

३. तातो सेकाई (Hot Compress): तल्लो पेटमा तातो पानीको बोतलले सेक्दा मांसपेशीहरू नरम हुन्छन् र दुखाइ कम हुन्छ।

४. हर्बल चिया (Herbal Tea): अदुवा वा पुदिनाको चिया पिउनाले शरीरको आन्तरिक प्रणालीलाई शान्त राख्छ।

५. स्याउको सिरका (Apple Cider Vinegar): पोटासियमको कमीले पनि सिस्ट हुन सक्छ। एक गिलास मनतातो पानीमा एक चम्चा स्याउको
सिरका मिसाएर पिउनाले सिस्ट खुम्चिन मद्दत पुग्छ।

६. चुकन्दर (Beetroot): यसले कलेजोको क्षमता बढाउँछ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।

७. अदुवा (Ginger): अदुवामा सुन्निने समस्या (Inflammation) कम गर्ने गुण हुन्छ। यसले महिनावारीको दुखाइमा पनि राहत दिन्छ।

८. आलस (Flaxseed): आलसले शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोनको सन्तुलन मिलाउन मद्दत गर्छ।

थप अन्य उपाय (Extra Solution for Ovarian Cyst)

पर्याप्त पानी: दिनभरिमा धेरै पानी पिउनुहोस्। नरिवलको पानी महिलाहरूको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।

हाडे बदाम (Almond): बदाममा म्याग्नेसियम प्रचुर मात्रामा हुन्छ, जसले सिस्टको दुखाइ कम गर्छ।

तनाव कम गर्ने: मानसिक तनावले हर्मोनमा प्रत्यक्ष असर गर्ने हुनाले योग र ध्यान गर्नुहोस्।

खानपान तरिका (Dietary Guidelines for Ovarian Cyst)

आहारमा प्रोटिन युक्त खानेकुरा समावेश गर्नुहोस्।

रेशादार (Fiber) फलफूल र हरियो पात (Leaves) भएका तरकारीहरू प्रशस्त खानुहोस्।

घरमा बनाइएको ताजा र सन्तुलित खाना मात्र खानुहोस्।

भिटामिन र खनिजयुक्त खानामा जोड दिनुहोस्।

गर्न नहुने कार्यहरु (Things to Avoid in Ovarian Cyst)

डिब्बा बन्द (Canned) वा धेरै समय राखिएको खानेकुरा नखानुहोस्।

पिज्जा, बर्गर जस्ता जंक फूड र फास्ट फूडबाट टाढै रहनुहोस्।

चिसो पेय पदार्थ (Cold drinks) जस्तै पेप्सी, कोक आदि नखानुहोस्।

मैदाबाट बनेका परिकारहरू नखानुहोस्।

अत्यधिक तेल, घिउमा तारिएका वा पिरो मसालेदार खाना नखानुहोस्।

राति ढिलो गरी भारी भोजन नगर्नुहोस्।

साबधानी (Precautions in Ovarian Cyst)

नियमित रूपमा व्यायाम र प्राणायाम गर्ने बानी बसाल्नुहोस्।

राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने तालिका बनाउनुहोस्।

आफ्नो वजन नियन्त्रणमा राख्नुहोस्।

महिनावारीको सरसफाइमा विशेष ध्यान दिनुहोस्।

निष्कर्स (Conclusion)

ओभरीयन सिस्ट सुन्दा डरलाग्दो लागे पनि धेरैजसो अवस्थामा यो सामान्य उपचार र जीवनशैली परिवर्तनबाट ठीक हुन्छ। यद्यपि, यदि
तल्लो पेटमा धेरै दुखाइ हुने, रगत बग्ने (Bleeding) समस्या देखिने, वा महिनावारी धेरै अनियमित भएमा तुरुन्तै चिकित्सकको
सल्लाह लिनुपर्छ। समयमै उपचार नगरे यसले पछि क्यान्सर वा बाँझोपन जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।

ह्वाईटहेड (Whitehead)
टाइफाइड (Typhoid) – कारण, लक्षण र घरेलु उपचार

Related posts

My Cart
Wishlist
Recently Viewed
Categories