कान दुख्ने समस्या (Ear Pain): कारण, लक्षण र प्रभावकारी घरेलु उपचार

कान दुख्ने समस्या (Ear Pain): कारण, लक्षण र प्रभावकारी घरेलु उपचार

परिचय (Introduction of Ear Pain)

कानको दुखाइलाई आयुर्वेदमा ‘कर्णशूल’ भनिन्छ। यो समस्या विशेषगरी कानको भित्री, मध्य वा बाहिरी भागमा हुने संक्रमण, चोट वा
अन्य शारीरिक असन्तुलनका कारण उत्पन्न हुन्छ। हाम्रो कानदेखि घाँटीको पछिल्लो भागसम्म ‘युस्टेसियन ट्युब’ (Eustachian
Tube) हुन्छ, जसले कानमा तरल पदार्थको सन्तुलन मिलाउँछ। जब यो ट्युबमा अवरोध आउँछ, कानको पर्दामा दबाब बढ्छ र असह्य पीडा
सुरु हुन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म जोसुकैलाई हुन सक्छ।

लक्षण (Symptoms of Ear Pain)

कान दुख्दा केवल दुखाइ मात्र नभई अन्य संकेतहरू पनि देखिन सक्छन्:

कानभित्र तिखो वा मन्द दुखाइ भइरहनु।

कान भारी भएको वा केही भरिएको जस्तो महसुस हुनु।

सुन्ने क्षमतामा अस्थायी रूपमा कमी आउनु।

कानबाट तरल पदार्थ वा पिप बग्नु।

ससाना बच्चाहरूमा अत्यधिक रुने र कान तान्ने बानी देखिनु।

दुखाइसँगै ज्वरो आउनु वा टाउको दुख्नु।

चपाउँदा वा हाई गर्दा कानमा झन् बढी पीडा हुनु।

कारण (Causes of Ear Pain)

कान दुख्नुका पछाडि धेरै कारणहरू हुन सक्छन्:

रुघाखोकी र पिनास (Sinus): लामो समयसम्म रुघा लाग्दा वा पिनासको संक्रमण हुँदा कानमा दबाब बढ्छ।

संक्रमण (Infection): ब्याक्टेरिया वा भाइरसका कारण मध्य कानमा हुने संक्रमण (Otitis Media) दुखाइको मुख्य कारण हो।

कानको पर्दामा क्षति: कानमा तिखो वस्तु (सियो, कटन बड) हाल्दा वा ठूलो आवाजका कारण पर्दामा प्वाल पर्नु।

पानी पस्नु: नुहाउँदा वा पौडी खेल्दा कानमा पानी, साबुन वा स्याम्पु पसेर इन्फ्ल्यामेस (सुन्निने समस्या) हुनु।

कानको फोहोर (Earwax): धेरै कानेगुजी जमेर कडा हुँदा पनि कान दुख्छ।

दाँतको समस्या: दाँतमा किरा लाग्दा वा गिजा सुन्निँदा त्यसको दुखाइ कानसम्म पुग्न सक्छ।

हवाई यात्रा (Barotrauma): उडान भर्दा वा अवतरण गर्दा वायुमण्डलीय दबाबमा हुने परिवर्तनले कान दुख्न सक्छ।

घरेलु उपचार (Home Remedies for Ear Pain)

प्राकृतिक विधिबाट कानको दुखाइ कम गर्न निम्न उपायहरू अपनाउन सकिन्छ:

लसुन (Garlic): लसुनमा एन्टिबायोटिक गुण हुन्छ। २-३ वटा लसुनका केस्रालाई तोरीको तेलमा डढाएर पकाउने। तेल मनतातो भएपछि २-३
थोपा कानमा हाल्दा संक्रमण र दुखाइमा तुरुन्त राहत मिल्छ

प्याजको रस (Onion Juice): प्याजलाई कोरेसोमा घोटेर रस निकाल्ने र थोरै तताउने। यसको २ थोपा रस कानमा हाल्दा दुखाइ कम
हुन्छ।

अदुवाको रस (Ginger Juice): अदुवाको रसमा प्राकृतिक दुखाइ कम गर्ने तत्व हुन्छ। यसको रस सिधै वा जैतुनको तेलमा मिसाएर
कानको वरिपरि लगाउँदा वा १-२ थोपा हाल्दा फाइदा पुग्छ।

तुलसीको पात (Tulsi Leaves): केही ताजा तुलसीका पातको रस निकालेर कानमा हाल्नाले १-२ दिनमै संक्रमण निको हुन्छ।

नीमको पात (Neem): नीमको पातको रसमा एन्टि-ब्याक्टेरियल गुण हुन्छ, जसले कानको कीटाणु नष्ट गर्न मद्दत गर्छ।

मेथी (Fenugreek): मेथीलाई गाईको दूधमा पिसेर त्यसको केही थोपा कानमा हाल्दा पनि आराम मिल्छ।

तातो सेकाइ: सफा कपडालाई मनतातो पानीमा भिजाएर वा तातो पानीको थैलीले कानको बाहिरी भागमा सेक्दा रक्तसञ्चार बढ्छ र दुखाइ
कम हुन्छ।

थप अन्य उपाय (Extra Solution for Ear Pain)

जैतुनको तेल (Olive Oil): कानको कानेगुजी कडा भएर दुखेको छ भने मनतातो जैतुनको तेल हाल्दा फोहोर नरम भएर निस्कन्छ।

मेवा वा केराको काण्ड (Banana Stem): केराको काण्ड (Stem) को ताजा रस निकालेर राती सुत्ने बेला कानमा हाल्दा बिहानसम्म
दुखाइ निको हुन सक्छ।

अजवाइनको तेल: अजवाइनलाई तोरीको तेलमा पकाएर त्यसको प्रयोग गर्दा कानको ‘इन्फ्ल्यामेस’ (सुन्निने समस्या) कम हुन्छ।

खानपान तरिका (Dietary Guidelines for Ear Pain)

तातो झोलिलो पदार्थ: तातो सुप, दाल र हर्बल चिया पिउनाले शरीरको तापक्रम सन्तुलित रहन्छ र पिनास कम हुन्छ।

भिटामिन सी युक्त फलफूल: अमला, सुन्तला र कागती जस्ता फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

हलेदो मिसाएको दूध: बेसारमा हुने ‘करक्यूमिन’ ले शरीरको दुखाइ र सुन्निने समस्या घटाउँछ।

गर्न नहुने कार्यहरु (Things to Avoid in Ear Pain)

चिसो खानेकुरा: आइसक्रिम, चिसो पेय पदार्थ र फ्रिजको पानी नखानुहोस्, यसले कफ बढाउँछ।

तिखो वस्तुको प्रयोग: कान चिलाउँदा सलाईको काँटी, चाबी वा पेन जस्ता तिखो वस्तु प्रयोग नगर्नुहोस्।

जंक फुड: धेरै चिल्लो-पिरो र बासी खानाले शरीरमा दोष बढाउँछ।

ठूलो आवाज: हेडफोनको प्रयोग नगर्नुहोस् र ठूलो आवाज आउने ठाउँबाट टाढै रहनुहोस्।

साबधानी (Precautions in Ear Pain)

नुहाउँदा कानमा कपास राख्ने गर्नुहोस् ताकि पानी वा साबुन भित्र नपसोस्।

बच्चाहरूको कान सफा गर्दा निकै सावधानी अपनाउनुहोस्।

कानको समस्या हुँदा धेरै बल गरेर सिँगान नफाल्नुहोस् (यसले कानको पर्दामा प्रेसर दिन्छ)।

चिसो हावाबाट बच्न कानलाई टोपी वा मफलरले ढाक्नुहोस्।

निष्कर्ष (Conclusion)

कानको दुखाइ सामान्य लागे पनि यसले पछि गएर सुन्ने शक्तिमा असर पुर्‍याउन सक्छ। माथि उल्लेखित घरेलु उपचारहरू सामान्य
दुखाइ र संक्रमणका लागि निकै प्रभावकारी छन्। यद्यपि, यदि कानबाट लगातार रगत वा पिप बगिरहेको छ, दुखाइ कम भएको छैन वा
ज्वरो आएको छ भने ढिला नगरी चिकित्सकसँग परामर्श लिनु अनिवार्य हुन्छ।

Reference

घिरौंला (Ghironla) , Ghiyatorai (घिया तोरई) Luffa cylindrica (Linn.) M. Roemer Benefits and using method

Saano Dugdhi (सानो दुग्धी) , Laghu Dugdhika (लघु दुग्धिका ) Euphorbia thymifolia Linn. Benefits, uses and using Method

Dudhe jhar (दुधे झार) , Dugdhika ( दुग्धिका) Euphorbia hirta Linn. Benefits and Uses

Branari (व्रणारी), Tridax procumbens Linn. Benefits and using Method

Ajmbari (अजम्बरी ), Parnabeej ( पर्णबीज) Bryophyllum pinnatum (Lam.) Oken Benefits and using methods

Punarnva (पुनर्नवा) Boerhavia diffusa Linn. Benefits and uses

Phaledo (फलेदो), Paribhadra (पारिभद्र) Erythrina variegata Linn. Using method, uses and Benefits

Poi Saag(पोइसाग), Potaki( पोतकी) Basella alba Linn. Benefits, uses and using method

Kokin, कोकिन, Erythroxylum coca

Kokum, कोकम, अमसुल, Kokam Butter Tree, Garcinia indica

Sano Kodo, सानो कोदो, श्यामक, Little Millet, Panicum sumatrense

Kodo, कोदो, कोद्रव, मडुवा, Millet, Eleusine coracana

Kote Mandro, कोतेमान्द्रो (Am), Medicago falcata

Kode Banso, कोदे बन्सो, Eleusine indica,

KodeGhas कोदोघाँस, Wildmillet, Paspalum scrobiculatum

Nepali Speaking Practice through Books in Hindi and English

Master Hindi Speaking Through Indian Schools: Practical Phrases

Trigonometry- IIT, Math, Mock Test

Hyperbola – IIT, Math, Mock Test

Some Best Poem Of Jasraj Kirati जसराज किरातीका केही प्रख्यात कबिताहरु

Top Ten Poem Of Jagadish Ghimire जगदीश घिमिरेका केही प्रख्यात कबिताहरु

Some Famous Poem of Chandrabir Tumbapo,चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु

ADHURO PREM Lyrics in English – Axix Official

Mero Prem Lyrics in English – Axix Official

Rockheads | Ranga | Lyrics in English

Bardali by Sushant KC ft. Indrakala Rai – Story, Vibe & Meaning

असाध्धै गार्हो भयो garna laagdaa asadhhai garho bhayo. new nepali Best katha

त्यो बेलाको मजा अहिले सम्म याद छ ailey samma feel nabhako anubab feel bhayo

अनुहारको छाला कालो हुनुको कारण र घरेलु उपचार (Causes and Home Remedies for Dark Skin)
पेट दुख्ने र पाचन बिग्रने समस्या (Upset Stomach)

Related posts

My Cart
Wishlist
Recently Viewed
Categories