परिचय (Introduction of Asthma)
दम (Asthma) फोक्सोको एक यस्तो दीर्घकालीन रोग हो जसका कारण बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ। यो फोक्सोको
श्वासप्रश्वास मार्ग (Airways) सँग सम्बन्धित समस्या हो। दम हुँदा श्वास नलीमा इन्फ्ल्यामेसन वा सुन्निने समस्या भएर श्वास
फेर्ने बाटो साँघुरो हुन्छ। यी श्वास नलीहरू (Bronchial tubes) मार्फत हावा फोक्सो भित्र र बाहिर जाने गर्दछ, तर अस्थमाका
रोगीहरूमा यी नलीहरू सधैं सुन्निएका हुन्छन्।
जब यो सुन्निने समस्या बढ्छ, तब श्वास नलीको वरिपरिका मांसपेशीहरू कसिन्छन्। यसले गर्दा श्वास फेर्न कठिनाइ हुनुका साथै
खोकी लाग्ने, छातीबाट सिटी बजेको जस्तो आवाज आउने (Wheezing) र छाती कसिने जस्ता लक्षणहरू देखिन्छन्। खोकीका कारण फोक्सोमा
कफ त बन्छ, तर त्यसलाई बाहिर निकाल्न निकै गाह्रो हुन्छ।
आयुर्वेदमा दमलाई ‘तमक श्वास’ भनिन्छ, जुन शरीरमा वात र कफ दोष बिग्रिनाले हुन्छ।
- परिचय (Introduction of Asthma)
- लक्षण (Symptoms of Asthma)
- कारण (Causes of Asthma)
- घरेलु उपचार (Home Remedies for Asthma)
- थप अन्य उपाय (Extra Solution for Asthma)
- खानपान तरिका (Dietary Guidelines for Asthma)
- गर्न नहुने कार्यहरु (Things to avoid in Asthma)
- साबधानी (Precautions in Asthma)
- निष्कर्ष (Conclusion)
लक्षण (Symptoms of Asthma)
दमको लक्षण व्यक्ति अनुसार फरक हुन सक्छ। यसका मुख्य लक्षणहरू यस प्रकार छन्:
बारम्बार खोकी लाग्नु: विशेषगरी राती वा बिहानपख खोकीको लहर चल्नु
घ्यारघ्यार हुनु: श्वास फेर्दा सिटी बजेको जस्तो आवाज आउनु।
छाती कसिने: छाती भारी भएको वा कसिएको अनुभव हुनु।
श्वास फुल्नु: अलिअलि हिँड्दा वा काम गर्दा पनि श्वास फेर्न हम्मे-हम्मे पर्नु।
कफ निकाल्न गाह्रो हुनु: खोकी लाग्दा कफ जमेको महसुस हुने तर बाहिर ननिस्कने।
बेचैनी र छटपटी: श्वास फेर्न नपाउँदा शरीरमा अक्सिजन कम भई बेचैनी बढ्नु।
नाडीको गति बढ्नु: शरीरले अक्सिजन पाउन संघर्ष गर्दा मुटुको धड्कन तेज हुनु।
कारण (Causes of Asthma)
दम हुनुका पछाडि वातावरणीय र वंशाणुगत दुवै कारण हुन सक्छन्:
एलर्जी: धूलो, धुवाँ, परागकण (Pollens), र जनावरका भुत्लाहरूबाट हुने एलर्जी।
प्रदूषण: सवारी साधन र कारखानाबाट निस्कने धुवाँ।
मौसम परिवर्तन: अत्यधिक चिसो वा ओसिलो वातावरण।
संक्रमण: रुघाखोकी वा छातीको इन्फेक्सन
व्यवसाय: सिमेन्ट कारखाना, रासायनिक उद्योग वा धूलो धेरै हुने ठाउँमा काम गर्दा (Occupational Asthma)।
तनाव: धेरै मानसिक तनाव वा डरका कारण पनि दमको अट्याक हुन सक्छ।
घरेलु उपचार (Home Remedies for Asthma)
दमलाई नियन्त्रणमा राख्न र श्वास नलीको अवरोध हटाउन निम्न घरेलु उपायहरू प्रभावकारी मानिन्छन्:
लसुन (Garlic): ३० मिली दूधमा लसुनका पाँचवटा केस्रा उमालेर दैनिक सेवन गर्नाले दममा निकै राहत मिल्छ।
अञ्जीर (Figs): सुकेको अञ्जीरलाई रातभर तातो पानीमा भिजाउने र बिहान खाली पेटमा खाने। यसले श्वास नलीमा जमेको कफलाई खुकुलो
पारी बाहिर निकाल्न मद्दत गर्छ।
ज्वानो (Ajwain): पानीमा ज्वानो हालेर उमाल्ने र त्यसको बाफ (Steam) लिने। यसले श्वास नली खुलाउन मद्दत गर्छ।
मेथी (Fenugreek): मेथीका केही दानालाई एक गिलास पानीमा उमालेर एक तिहाइ बनाउने। त्यसमा मह र अदुवाको रस मिसाएर
बिहान-बेलुका पिउने।
अदुवा (Ginger): अदुवाको चियामा लसुन मिसाएर पिउन सकिन्छ। अदुवाको रस, मह र मेथीको काँढाको मिश्रण पनि लाभदायक हुन्छ।
तुलसी (Tulsi): तुलसीको पात, सुठो, जिरा र बीरे नून हालेर बनाइएको काँढाले दमको समस्या कम गर्छ।
थप अन्य उपाय (Extra Solution for Asthma)
तोरीको तेलको मालिस: तोरीको तेलमा कपुर मिसाएर मनतातो पारी छाती र ढाडमा मालिस गर्नाले फोक्सोको जडता कम हुन्छ।
मह (Honey): महमा एन्टि-ब्याक्टेरियल गुण हुन्छ। यसलाई तातो पानी वा अदुवाको रससँग मिसाएर खाँदा घाँटीको खसखस कम हुन्छ।
आँवला: नियमित रूपमा आँवलाको धुलो वा जुस सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र दम नियन्त्रण हुन्छ।
कफी: कफीमा हुने क्याफिनले श्वास नलीलाई केही समयका लागि फैलाउन (Bronchodilator) मद्दत गर्छ।
खानपान तरिका (Dietary Guidelines for Asthma)
के खाने?
पुराना चामल, गहुँ, मुगीको दाल र सजिवन (Sahjan) को तरकारी।
हरिया सागसब्जी, पालक र गाँजरको रस।
तातो वा मनतातो पानीको मात्र सेवन गर्ने।
भिटामिन-सी युक्त फलफूल जस्तै सुन्तला, कागती (तर चिसो महसुस नहुने गरी)।
के नखाने?
चिसो खानेकुरा, आइसक्रिम, र चिसो पानी।
दही, माछा, र धेरै गुलियो पदार्थ।
तारेको, भुटेको र भारी खाना (जंक फूड)।
अण्डा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराको मात्रा कम गर्ने।
गर्न नहुने कार्यहरु (Things to avoid in Asthma)
अत्यधिक शारीरिक व्यायाम नगर्ने जसले श्वास फुलाओस्।
धूम्रपान र मद्यपानबाट टाढै रहने।
प्रदूषित र धूलो भएको ठाउँमा मास्क नलगाई नजाने।
धेरै मानसिक तनाव वा चिन्ता नलिने।
सुगन्धित अत्तर (Perfume), अगरबत्ती वा लामखुट्टे धपाउने क्वाइलको धुवाँबाट बच्ने।
साबधानी (Precautions in Asthma)
चिसो र ओसिलो वातावरणबाट बच्ने।
घर सफा राख्ने ताकि धूलो र फोहोर (Dust mites) जम्मा नहोस्।
नियमित रूपमा योग र प्राणायाम (जस्तै: अनुलोम-विलोम) गर्ने।
आफूलाई कुन कुराले एलर्जी हुन्छ (जस्तै: कुकुर/बिरालोको भुत्ला, कुनै विशेष खाना), त्यसलाई पहिचान गरी टाढा रहने।
डाक्टरले सिफारिस गरेको ‘इन्हेलर’ सधैं साथमा राख्ने।
निष्कर्ष (Conclusion)
दम एक चुनौतीपूर्ण रोग भए तापनि उचित खानपान, सावधानी र घरेलु उपचारको माध्यमबाट यसलाई सहजै व्यवस्थापन गर्न सकिन्छ। यदि
लक्षणहरू गम्भीर छन् वा घरेलु उपचारले काम गरिरहेको छैन भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। स्वस्थ जीवनशैली र नियमित
योगाभ्यासले दमका रोगीहरूलाई सामान्य जीवन बिताउन ठूलो सहयोग पुर्याउँछ।
Dudhe jhar (दुधे झार) , Dugdhika ( दुग्धिका) Euphorbia hirta Linn. Benefits and Uses
Branari (व्रणारी), Tridax procumbens Linn. Benefits and using Method
Ajmbari (अजम्बरी ), Parnabeej ( पर्णबीज) Bryophyllum pinnatum (Lam.) Oken Benefits and using methods
Punarnva (पुनर्नवा) Boerhavia diffusa Linn. Benefits and uses
Phaledo (फलेदो), Paribhadra (पारिभद्र) Erythrina variegata Linn. Using method, uses and Benefits
Poi Saag(पोइसाग), Potaki( पोतकी) Basella alba Linn. Benefits, uses and using method
Kokin, कोकिन, Erythroxylum coca
Kokum, कोकम, अमसुल, Kokam Butter Tree, Garcinia indica
Sano Kodo, सानो कोदो, श्यामक, Little Millet, Panicum sumatrense
Kodo, कोदो, कोद्रव, मडुवा, Millet, Eleusine coracana
Kote Mandro, कोतेमान्द्रो (Am), Medicago falcata
Kode Banso, कोदे बन्सो, Eleusine indica,
KodeGhas कोदोघाँस, Wildmillet, Paspalum scrobiculatum
Nepali Speaking Practice through Books in Hindi and English
Master Hindi Speaking Through Indian Schools: Practical Phrases
Trigonometry- IIT, Math, Mock Test
Hyperbola – IIT, Math, Mock Test
Some Best Poem Of Jasraj Kirati जसराज किरातीका केही प्रख्यात कबिताहरु
Top Ten Poem Of Jagadish Ghimire जगदीश घिमिरेका केही प्रख्यात कबिताहरु
Some Famous Poem of Chandrabir Tumbapo,चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु
ADHURO PREM Lyrics in English – Axix Official
Mero Prem Lyrics in English – Axix Official
Rockheads | Ranga | Lyrics in English
Bardali by Sushant KC ft. Indrakala Rai – Story, Vibe & Meaning
असाध्धै गार्हो भयो garna laagdaa asadhhai garho bhayo. new nepali Best katha
त्यो बेलाको मजा अहिले सम्म याद छ ailey samma feel nabhako anubab feel bhayo










