परिचय (Introduction of Throat Pain)
घाटी दुख्ने समस्या सामान्यतया मौसमी परिवर्तनका कारण हुने गर्दछ, तर कहिलेकाहीँ यो ब्याक्टेरिया वा भाइरसको संक्रमणले पनि
हुन सक्छ। यो समस्या धेरै रोगहरूको एउटा लक्षण पनि हुन सक्छ। जब कसैलाई ज्वरो, रुघाखोकी, कान दुख्ने वा मुखको क्यान्सर
जस्ता गम्भीर समस्या हुन्छ, तब घाटी दुख्ने गर्दछ। यदि समयमै यसमा ध्यान दिइएन भने यसले निकै कष्ट दिन सक्छ। धेरैजसो
अवस्थामा घाटीको दुखाइलाई घरमै गरिने प्राकृतिक उपचारबाट निको पार्न सकिन्छ।
लक्षण (Symptoms of Throat Pain)
घाटी दुख्दा निम्न लक्षणहरू देखिन सक्छन्:
- परिचय (Introduction of Throat Pain)
- लक्षण (Symptoms of Throat Pain)
- कारण (Causes of Throat Pain)
- घरेलु उपचार (Home Remedies for Throat Pain)
- थप अन्य उपाय (Extra Solution for Throat Pain)
- खानपान तरिका (Dietary Guidelines for Throat Pain)
- गर्न नहुने कार्यहरु (Things to Avoid in Throat Pain)
- साबधानी (Precautions in Throat Pain)
- निष्कर्ष (Conclusion)
घाटीमा चिलाउने वा खसखस हुने महसुस हुनु।
केही निल्दा वा बोल्दा दुखाइ बढ्नु।
खाना खान वा थुक निल्न कठिनाइ हुनु।
घाटी सुख्खा हुनु।
घाँटीको ग्रन्थिहरू (Lymph Nodes) सुन्निनु र दुख्नु
टन्सिल (Tonsils) सुन्निनु र रातो हुनु।
आवाज धोद्रो हुनु वा स्वर बस्नु।
कानको तल्लो भागमा दुखाइ महसुस हुनु।
दुखाइसँगै हल्का ज्वरो आउनु।
बारम्बार हाच्छिउँ आउनु र खोकी लाग्नु।
साँस फेर्न असजिलो हुनु।
कारण (Causes of Throat Pain)
घाटी दुख्ने मुख्य कारण भाइरल संक्रमण हो। यसका केही प्रमुख कारणहरू यस प्रकार छन्:
१. ब्याक्टेरिया संक्रमण:
स्ट्रेप थ्रोट (Strep Throat): यो ‘स्ट्रेप्टोकोकस’ ब्याक्टेरियाका कारण हुन्छ।
डिप्थेरिया: यो श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग हो।
लहरे खोकी: श्वसन तन्त्रमा हुने संक्रमणका कारण यो समस्या हुन्छ।
२. भाइरल संक्रमण:
दादुरा: यो संक्रामक रोग हो जुन र्याल वा सिंगानको सम्पर्कबाट फैलिन्छ।
सामान्य रुघाखोकी: भाइरसका कारण नाक र घाटीमा हुने संक्रमण।
चिकनपक्स: भेरिसेला जोस्टर भाइरसका कारण हुने संक्रमण।
३. अन्य कारणहरू:
एलर्जी: धुलो, धुवाँ र प्रदूषणका कारण घाटीमा समस्या हुन सक्छ।
सुख्खा हावा: वातावरणमा आर्द्रता कम हुँदा घाटी सुख्खा भई दुख्न सक्छ।
अत्यधिक कराउनु: धेरै स्वर निकालेर बोल्दा वा नबिराई कुरा गर्दा घाटीमा दबाब पर्छ।
ग्यास्ट्रिक (GERD): पेटको अम्ल (Acid) घाटीसम्म आउँदा पनि जलन र दुखाइ हुन्छ।
घरेलु उपचार (Home Remedies for Throat Pain)
घाटीको दुखाइ कम गर्न निम्न घरेलु उपायहरू अपनाउन सकिन्छ:
१. नुन पानीले कुल्ला (Salt Water Gargle): यो सबैभन्दा प्रभावकारी उपाय हो। मनतातो पानीमा थोरै नुन मिसाएर कुल्ला गर्दा
ब्याक्टेरिया मर्दछन् र सुन्निन (Inflammation) कम हुन्छ।
२. मह र कागती (Honey and Lemon): एक कप मनतातो पानीमा आधा कागतीको रस र एक चम्चा मह मिसाएर पिउनाले घाटीको संक्रमण कम
हुन्छ। कागतीले भिटामिन सी दिन्छ भने महले घाटीलाई नरम बनाउँछ।
३. बेसार (Turmeric): बेसारमा एन्टिसेप्टिक र एन्टिबायोटिक गुण हुन्छ। राती सुत्ने बेला तातो दूधमा बेसार मिसाएर पिउनाले
दुखाइमा निकै राहत मिल्छ।
४. अदुवा र तुलसी (Ginger and Tulsi): अदुवा र तुलसीको पात उमालेर बनाएको चिया वा काँढा पिउनाले घाटीको खसखस र इन्फेक्सन
निको हुन्छ।
५. दालचिनी र मरिच (Cinnamon and Black Pepper): एक गिलास तातो पानीमा दालचिनीको धुलो र मरिच मिसाएर पिउनाले दुखाइ
तुरुन्तै कम हुन्छ।
६. लसुन (Garlic): लसुनमा एल्लिसिन (Allicin) नामक तत्व हुन्छ जसले कीटाणु मार्न मद्दत गर्छ। काँचो लसुनको एउटा पोटी
विस्तारै चपाउँदा फाइदा हुन्छ।
७. मेथी (Fenugreek): मेथीको दानालाई पानीमा उमालेर त्यसले कुल्ला गर्दा घाटी भित्रको कफ निस्कन मद्दत पुग्छ र सुन्निएको
कम हुन्छ।
थप अन्य उपाय (Extra Solution for Throat Pain)
फ्याटगिरी (Alum): आधा गिलास तातो पानीमा थोरै फिटकिरी हालेर कुल्ला गर्दा संक्रमण छिटो निको हुन्छ।
ग्रीन टी (Green Tea): यसमा हुने एन्टिअक्सिडेन्टले एलर्जी र संक्रमणसँग लड्न मद्दत गर्छ।
जेठीमधु (Mulethi): जेठीमधुको टुक्रा मुखमा राखेर चुस्दा घाटीको स्वर खुल्छ र दुखाइ कम हुन्छ।
स्टिम (Steam Inhalation): तातो पानीको बाफ लिँदा घाटी र नाकको नली खुल्छ र श्वास फेर्न सजिलो हुन्छ।
खानपान तरिका (Dietary Guidelines for Throat Pain)
तरल पदार्थ: धेरै भन्दा धेरै मनतातो पानी, सुप र रसिला खानेकुरा खानुहोस् ताकी घाटी सुख्खा नहोस्।
नरम खाना: निल्न सजिलो हुने खालका नरम खानेकुरा (जस्तै: जाउलो, खिचडी) खानुहोस्।
तातो आहार: चिसो खानेकुराको सट्टा सधैं ताजा र तातो खाना खानुहोस्।
गर्न नहुने कार्यहरु (Things to Avoid in Throat Pain)
चिसो खानेकुरा: आइसक्रिम, चिसो पेय पदार्थ (Cold Drinks) र फ्रिजमा राखेको खाना नखानुहोस्।
अमिलो र पीरो: धेरै अमिलो, पिरो र मसलेदार खानेकुराले घाटीमा थप जलन पैदा गर्छ।
धुम्रपान र रक्सी: चुरोट र रक्सीले शरीरमा पानीको कमी गराउँछ र घाटीको इन्फेक्सन झन् बिगार्छ।
कराउनु: घाटी दुखेको बेला धेरै ठुलो स्वरले नबोल्नुहोस्, यसले स्वरयन्त्र (Vocal Cords) मा क्षति पुर्याउन सक्छ।
जंक फूड: पिज्जा, बर्गर वा बाहिरका खुल्ला खानेकुराबाट टाढै रहनुहोस्।
साबधानी (Precautions in Throat Pain)
अरुले प्रयोग गरेको जुठो गिलास वा चम्चा प्रयोग नगर्नुहोस्।
खाना खानु अघि सधैं साबुन पानीले राम्ररी हात धुनुहोस्।
धुलो र धुवाँबाट बच्न घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्नुहोस्।
मुखको सरसफाइमा विशेष ध्यान दिनुहोस् तर जिब्रो धेरै नघोट्नुहोस्।
सुत्दा सिरानी अलि अग्लो बनाउनुहोस् ताकि श्वास फेर्न सहज होस्।
निष्कर्ष (Conclusion)
घाटी दुख्ने समस्या प्रायः सामान्य उपचार र खानपानमा सुधार गरेर निको हुन्छ। तर, यदि दुखाइ धेरै कडा छ, थुकमा रगत देखिन्छ,
साँस फेर्न असाध्यै गाह्रो भएको छ वा घरेलु उपचारले ३-४ दिनसम्म पनि निको भएन भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ।
गर्भवती महिलाहरूले घाटी दुख्दा जथाभावी औषधि नखाई डाक्टरको सल्लाह लिनु उचित हुन्छ।
Dudhe jhar (दुधे झार) , Dugdhika ( दुग्धिका) Euphorbia hirta Linn. Benefits and Uses
Branari (व्रणारी), Tridax procumbens Linn. Benefits and using Method
Ajmbari (अजम्बरी ), Parnabeej ( पर्णबीज) Bryophyllum pinnatum (Lam.) Oken Benefits and using methods
Punarnva (पुनर्नवा) Boerhavia diffusa Linn. Benefits and uses
Phaledo (फलेदो), Paribhadra (पारिभद्र) Erythrina variegata Linn. Using method, uses and Benefits
Poi Saag(पोइसाग), Potaki( पोतकी) Basella alba Linn. Benefits, uses and using method
Kokin, कोकिन, Erythroxylum coca
Kokum, कोकम, अमसुल, Kokam Butter Tree, Garcinia indica
Sano Kodo, सानो कोदो, श्यामक, Little Millet, Panicum sumatrense
Kodo, कोदो, कोद्रव, मडुवा, Millet, Eleusine coracana
Kote Mandro, कोतेमान्द्रो (Am), Medicago falcata
Kode Banso, कोदे बन्सो, Eleusine indica,
KodeGhas कोदोघाँस, Wildmillet, Paspalum scrobiculatum
Nepali Speaking Practice through Books in Hindi and English
Master Hindi Speaking Through Indian Schools: Practical Phrases
Trigonometry- IIT, Math, Mock Test
Hyperbola – IIT, Math, Mock Test
Some Best Poem Of Jasraj Kirati जसराज किरातीका केही प्रख्यात कबिताहरु
Top Ten Poem Of Jagadish Ghimire जगदीश घिमिरेका केही प्रख्यात कबिताहरु
Some Famous Poem of Chandrabir Tumbapo,चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु
ADHURO PREM Lyrics in English – Axix Official
Mero Prem Lyrics in English – Axix Official
Rockheads | Ranga | Lyrics in English
Bardali by Sushant KC ft. Indrakala Rai – Story, Vibe & Meaning
असाध्धै गार्हो भयो garna laagdaa asadhhai garho bhayo. new nepali Best katha
त्यो बेलाको मजा अहिले सम्म याद छ ailey samma feel nabhako anubab feel bhayo










