परिचय (Introduction of Swelling in Legs)
हाम्रो शरीरको कुनै पनि भागमा अस्वाभाविक रूपमा मासु फुलेर आउनु वा तरल पदार्थ जमेर फुल्नुलाई सुन्निने समस्या भनिन्छ।
आयुर्वेदमा यसलाई ‘शोथ’ भनिन्छ। विशेषगरी खुट्टा, गोलीगाँठो र पैताला सुन्निने समस्यालाई चिकित्सा विज्ञानमा ‘पेरिफेरल
इडिमा’ (Peripheral Edema) भनिन्छ। जब शरीरका तन्तुहरूमा बढी मात्रामा तरल पदार्थ (फ्लुइड) जम्मा हुन्छ, तब खुट्टा सुन्निन
थाल्छ। कहिलेकाहीँ लामो समयसम्म उभिएर काम गर्दा वा यात्रा गर्दा खुट्टा सुन्निनु सामान्य मानिए पनि, यदि यो समस्या
निरन्तर रहिरहन्छ भने यसले मुटु, कलेजो वा मिर्गौला सम्बन्धी गम्भीर रोगको संकेत गरिरहेको हुन सक्छ।
लक्षण (Symptoms of Swelling in Legs)
खुट्टा सुन्निँदा देहायका लक्षणहरू देखिन सक्छन्:
- परिचय (Introduction of Swelling in Legs)
- लक्षण (Symptoms of Swelling in Legs)
- कारण (Causes of Swelling in Legs)
- घरेलु उपचार (Home Remedies for Swelling in Legs)
- थप अन्य उपाय (Extra Solution for Swelling in Legs)
- खानपान तरिका (Dietary Guidelines for Swelling in Legs)
- साबधानी (Precautions in Swelling in Legs)
- निष्कर्ष (Conclusion)
खुट्टा, पैताला वा गोलीगाँठो अस्वाभाविक रूपमा फुल्नु।
सुन्निएको ठाउँमा औंलाले थिच्दा खाल्डो पर्नु र निकै ढिलो मात्र सामान्य अवस्थामा फर्कनु।
छाला चम्किलो वा तन्किएको जस्तो देखिनु।
खुट्टा भारी भएको महसुस हुनु र हिँड्न गाह्रो हुनु।
कहिलेकाहीँ सुन्निएको ठाउँमा हल्का चिलाउने वा दुख्ने समस्या हुनु।
कारण (Causes of Swelling in Legs)
खुट्टा सुन्निने विभिन्न कारणहरू हुन सक्छन्, जसलाई निम्न बुँदामा बुझ्न सकिन्छ:
जीवनशैली: धेरै बेरसम्म खुट्टा झुण्ड्याएर बस्नु, लामो समय उभिनु वा धेरै टाढासम्म हिँड्नु।
स्वास्थ्य समस्या: मिर्गौला फेल हुनु (Renal Failure), मुटु सम्बन्धी रोग वा कलेजोमा समस्या।
चोटपटक: खुट्टा मर्किनु वा हड्डीमा चोट लाग्नु।
रक्तसंचारमा अवरोध: नसामा रगत जम्ने समस्या (Deep Vein Thrombosis – DVT)।
हर्मोनल परिवर्तन: महिलाहरूमा गर्भावस्थाको समयमा वा महिनावारी हुनुभन्दा एक हप्ता अगाडि हर्मोनको उतारचढावका कारण।
औषधिको प्रभाव: उच्च रक्तचाप वा मधुमेहका केही औषधीहरूको साइड इफेक्ट।
मोटोपना: शरीरको वजन धेरै हुँदा खुट्टामा बढी दबाब परेर सुन्निने हुन्छ।
घरेलु उपचार (Home Remedies for Swelling in Legs)
खुट्टाको सामान्य सूजन कम गर्न घरमै उपलब्ध वस्तुहरू प्रयोग गर्न सकिन्छ:
धनियाको प्रयोग: धनियाको दाना वा पात दुवैमा सुन्निने समस्या कम गर्ने गुण हुन्छ। एक कप पानीमा तीन चम्चा धनियाको दाना
हालेर उमाल्नुहोस्। पानी आधा भएपछि छानेर दिनको दुई पटक सेवन गर्दा फाइदा हुन्छ।
तातो पानी र नुन: एउटा बाटामा मनतातो पानी राखेर त्यसमा नुन मिसाउनुहोस् र १५-२० मिनेट खुट्टा डुबाउनुहोस्। यसले रक्तसंचार
सुधार्छ र दुखाइ कम गर्छ।
जैतुनको तेल: जैतुनको तेलमा लसुनका केही पोटी डढाएर उक्त तेलले खुट्टा मालिस गर्दा सुन्निने समस्या र दुखाइमा राहत मिल्छ।
कागती पानी: कागती पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। मनतातो पानीमा कागती र मह मिसाएर पिउनाले
शरीरको सूजन घट्छ।
अदुवाको सेवन: अदुवामा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ। अदुवा हालेको चिया वा अदुवा उमालेको पानी पिउनाले खुट्टाको सूजन कम
हुन्छ।
थप अन्य उपाय (Extra Solution for Swelling in Legs)
कन्ट्रास्ट हाइड्रोथेरापी: दुईवटा बाटा लिनुहोस्, एउटामा चिसो र अर्कोमा मनतातो पानी राख्नुहोस्। पहिले ३ मिनेट तातो
पानीमा र त्यसपछि १ मिनेट चिसो पानीमा खुट्टा राख्नुहोस्। यो प्रक्रिया १५-२० मिनेटसम्म दोहोर्याउँदा सूजन छिटो निको
हुन्छ।
खुट्टा माथि राख्ने: सुत्ने बेलामा खुट्टा मुनि सिरानी राखेर मुटुको तहभन्दा अलि माथि बनाउँदा जमेको तरल पदार्थ मुटुतिर
प्रवाह हुन सजिलो हुन्छ।
खानपान तरिका (Dietary Guidelines for Swelling in Legs)
फाइबरयुक्त खाना: स्याउ, नास्पाती, केरा, गाँजर, ब्रोकाउली र अंकुरित गेडागुडी खानुहोस्।
चुकन्दर (Beetroot): यसले पिसाब सफा बनाउँछ र प्राकृतिक रूपमा सूजन घटाउन मद्दत गर्छ।
फर्सीको सेवन: फर्सीले शरीरबाट बढी भएको पानी पिसाब मार्फत बाहिर निकाल्न मद्दत गर्छ।
दाल र गेडागुडी: मुँगको दाल, केराउ, राजमा र जौको सेवन लाभदायक हुन्छ।
गर्न नहुने कार्यहरु (Things to Avoid in Swelling in Legs)
धेरै नुन र चिनी: नुनले शरीरमा पानी सोसेर राख्ने भएकाले नुनको मात्रा घटाउनुहोस्।
जंक फुड: प्याकेटका खानेकुरा र धेरै मसलेदार खाना नखानुहोस्।
लामो समय स्थिर नबस्नु: खुट्टा झुण्ड्याएर धेरै बेर नबस्नुहोस्।
धुम्रपान र मद्यपान: क्याफिन र रक्सीको सेवनले समस्या अझ बढाउन सक्छ।
बासी खाना: बासी र धेरै अमिलो पदार्थको सेवन नगर्नुहोस्।
साबधानी (Precautions in Swelling in Legs)
नियमित रूपमा हल्का व्यायाम र प्राणायाम गर्नुहोस्।
धेरै कसिलो जुत्ता वा मोजा नलगाउनुहोस्।
शरीरको वजन नियन्त्रणमा राख्नुहोस्।
धेरै पानी एकैपटक नपिउनुहोस्, तर शरीरलाई आवश्यक मात्रामा हाइड्रेटेड राख्नुहोस्।
लामो यात्रा गर्दा बीच-बीचमा खुट्टा चलाइरहने वा हिँड्ने गर्नुहोस्।
निष्कर्ष (Conclusion)
खुट्टा सुन्निने समस्या कहिलेकाहीँ सामान्य थकानले भए पनि यसलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन। उचित खानपान, घरेलु
उपचार र सक्रिय जीवनशैली अपनाउँदा यो समस्या समाधान हुन सक्छ। यद्यपि, यदि सूजन एक हप्ताभन्दा बढी समयसम्म रहिरह्यो,
खुट्टा निकै रातो भयो वा श्वास फेर्न गाह्रो भयो भने, यो मिर्गौला वा मुटुको गम्भीर रोगको लक्षण हुन सक्ने भएकाले तुरुन्त
चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।
Dudhe jhar (दुधे झार) , Dugdhika ( दुग्धिका) Euphorbia hirta Linn. Benefits and Uses
Branari (व्रणारी), Tridax procumbens Linn. Benefits and using Method
Ajmbari (अजम्बरी ), Parnabeej ( पर्णबीज) Bryophyllum pinnatum (Lam.) Oken Benefits and using methods
Punarnva (पुनर्नवा) Boerhavia diffusa Linn. Benefits and uses
Phaledo (फलेदो), Paribhadra (पारिभद्र) Erythrina variegata Linn. Using method, uses and Benefits
Poi Saag(पोइसाग), Potaki( पोतकी) Basella alba Linn. Benefits, uses and using method
Kokin, कोकिन, Erythroxylum coca
Kokum, कोकम, अमसुल, Kokam Butter Tree, Garcinia indica
Sano Kodo, सानो कोदो, श्यामक, Little Millet, Panicum sumatrense
Kodo, कोदो, कोद्रव, मडुवा, Millet, Eleusine coracana
Kote Mandro, कोतेमान्द्रो (Am), Medicago falcata
Kode Banso, कोदे बन्सो, Eleusine indica,
KodeGhas कोदोघाँस, Wildmillet, Paspalum scrobiculatum
Nepali Speaking Practice through Books in Hindi and English
Master Hindi Speaking Through Indian Schools: Practical Phrases
Trigonometry- IIT, Math, Mock Test
Hyperbola – IIT, Math, Mock Test
Some Best Poem Of Jasraj Kirati जसराज किरातीका केही प्रख्यात कबिताहरु
Top Ten Poem Of Jagadish Ghimire जगदीश घिमिरेका केही प्रख्यात कबिताहरु
Some Famous Poem of Chandrabir Tumbapo,चन्द्रवीर तुम्बापोका केही प्रख्यात कबिताहरु
ADHURO PREM Lyrics in English – Axix Official
Mero Prem Lyrics in English – Axix Official
Rockheads | Ranga | Lyrics in English
Bardali by Sushant KC ft. Indrakala Rai – Story, Vibe & Meaning
असाध्धै गार्हो भयो garna laagdaa asadhhai garho bhayo. new nepali Best katha
त्यो बेलाको मजा अहिले सम्म याद छ ailey samma feel nabhako anubab feel bhayo










